KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वीर सहिद बहादुर सदाको स्मृतिमा माघ १६ गते स्मृति सभा आयोजना हुने

वीर सहिद बहादुर सदाको स्मृतिमा माघ १६ गते स्मृति सभा आयोजना हुने

जनकपुर, २० पुस । आर्थिक, सामाजिक तथा जातीय विभेदका कारण इतिहासको अँध्यारोमा धकेलिएका वीर सहिद बहादुर सदा केवल एक व्यक्तिको नाम मात्र नभई उत्पीडित समुदायको विद्रोही चेतना र न्यायका लागि गरिएको अमूल्य बलिदानको प्रतीक भएको नेपाल राष्ट्रिय मुसहर संघले जनाएको छ ।

वीर सहिद बहादुर सदाको स्मृतिमा वि.सं. २०८२ माघ १६ गते स्मृति सभा आयोजना गर्ने निर्णय गरिएको छ । नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा उक्त स्मृति सभा भव्य, सभ्य र अर्थपूर्ण रूपमा सम्पन्न गरिने संघले जानकारी दिएको छ ।

स्मृति सभा तयारीका लागि नेपाल राष्ट्रिय मुसहर संघका राष्ट्रिय अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

बैठकमा मधेश प्रदेशका सचेत मुसहर समुदायका बुद्धिजीवी, युवा, महिला, दलित अभियन्ता तथा स्थानीय राजनीतिककर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तयारी बैठकमा सहभागी वक्ताहरूले वीर सहिद बहादुर सदाको बलिदानलाई केवल स्मरणमा सीमित नराखी उत्पीडित समुदायको इतिहास, अधिकार र सम्मानका लागि निरन्तर संघर्षको प्रेरणाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

आयोजकका अनुसार उक्त स्मृति सभा केवल औपचारिक कार्यक्रम मात्र नभई इतिहासमाथि गरिएको अन्यायको प्रश्न उठाउने, राज्यको दीर्घकालीन बेवास्ताविरुद्ध आवाज बुलन्द गर्ने तथा जातीय, सामाजिक र आर्थिक विभेदविरुद्ध संगठित संघर्षको उद्घोष हुनेछ ।

नेपाल राष्ट्रिय मुसहर संघले वीर सहिद बहादुर सदाको बलिदानलाई सम्मान गर्दै उत्पीडनमुक्त, समानता र न्यायमा आधारित समाज निर्माणका लागि सबै न्यायप्रेमी नागरिक, सामाजिक अभियन्ता र सरोकारवाला पक्षलाई स्मृति सभामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।

Facebook Comment

Related Posts

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar