काठमाडौ, १९ पुष । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको छ ।
शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले सर्वसम्मत रूपमा ओलीलाई उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ ।














