काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सूचीको दलित कोटातर्फ अम्मर परियारलाई पहिलो प्राथमिकतामा राखेको छ ।
हाल वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका परियार लाउन्ड्रीको काम गर्दै आएका छन् । आर्थिक कठिनाइका कारण विदेशिएका उनी पार्टीले आफ्नो योगदानको मूल्यांकन गरेकोमा खुसी देखिन्छन् ।
चुनावी वातावरण बनेसँगै नेपाल फर्किने तयारीमा रहेको उनले बताएका छन् ।














