जनकपुर, १८ पुस । मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ वटा मन्त्रालय र प्रदेश प्रमुखको कार्यालयमा सचिव पद लामो समयदेखि रिक्त छ ।
अधिकांश मन्त्रालय निमित्त सचिवको भरमा सञ्चालन भइरहेका छन्, जसले प्रशासनिक क्षमता, सुशासन र निर्णय प्रक्रियामा प्रश्न उठाएको छ ।
सचिव नियुक्त गर्ने अधिकार संघ सरकारसँग भएकाले प्रदेश सरकारले पहल गरिरहे पनि समस्या समाधान हुन नसकेको बताइएको छ ।
प्रदेश सरकारले छिट्टै स्थायी सचिव आउने विश्वास व्यक्त गरेको छ ।














