काठमाडौं, १७ पुस । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने सम्भावना बढेसँगै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सर्ने देखिएको छ ।
निर्वाचनका मतपत्र र एसइईका प्रश्नपत्र एउटै स्थान(जनक शिक्षा सामग्री केन्द्रबाट छापिनुपर्ने भएकाले सुरक्षा, व्यवस्थापन र जनशक्तिको चुनौती देखिएको परीक्षा बोर्डले जनाएको छ ।
निर्वाचन भएमा एसइई परीक्षा निर्धारित समयभन्दा एक वा दुई हप्ता पछि सारिने सम्भावना रहेको छ, यद्यपि बोर्डले आन्तरिक तयारी भने जारी राखेको छ ।














