काठमाडौं, १७ पुस । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग भएको वार्तापछि उनले सरकारले आइतबारसम्म सम्झौता गर्ने र सोमबार मन्त्रिपरिषद्बाट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए ।
सम्झौता नभए लघुवित्त, सहकारी र बैंकहरूविरुद्ध गाउँगाउँबाट आन्दोलन गर्ने तथा आगामी २१ फागुनको निर्वाचन बिथोल्ने चेतावनी उनले दिएका छन् ।














