सुनसरी, १७ पुस । सुनसरीको लौकही बजारमा सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालक विजय साहको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
हाल अवस्था क्रमशः सामान्य बन्दै गएको र प्रशासन तथा स्थानीयबीच वार्ताको तयारी भइरहेको छ ।














