KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधान विपरीत मन्त्रिपरिषद् गठन : मधेश प्रदेशमा दलित समुदाय पुनः उपेक्षित

संविधान विपरीत मन्त्रिपरिषद् गठन : मधेश प्रदेशमा दलित समुदाय पुनः उपेक्षित

जनकपुर, १६ पुस । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसँगै सरकार पूर्ण बनेको भए पनि यस प्रक्रियामा दलित समुदायबाट एक जनालाई पनि मन्त्री नबनाइनु गम्भीर सवालको विषय बनेको छ ।

संविधानले दलित समुदायलाई राज्यका सबै संरचनामा सम्मानजनक सहभागिता र अधिकार सुनिश्चित गरेको भए पनि मधेश प्रदेश सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै दलित अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् ।

दलित समुदायले पटक–पटक राज्यबाट अपमान, बहिष्कार र विभेद सहँदै आएको सन्दर्भमा मन्त्रिपरिषद् जस्तो महत्वपूर्ण कार्यकारी निकायमा समेत दलितको उपस्थिति नहुनु ‘दलित’ शब्दप्रतिकै अपमान भएको उनीहरूको भनाइ छ । यसले प्रदेशस्तर मात्र नभई स्थानीय तहसम्म दलितमाथि विभेदलाई प्रोत्साहन गरेको दलित समुदायको ठहर छ ।

नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चार राजनीतिक दलबाट ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री तथा श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् । जनमत पार्टीबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री तथा नेकपा माओवादी केन्द्रबाट फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् गठन प्रक्रिया पूरा भएको छ ।

मुख्यमन्त्री यादव १९ मंसिरमा सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर मन्त्रिपरिषद् गठन पूरा भएसँगै दलित समुदायको शून्य सहभागिताले समावेशी शासनप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

दलित अगुवाहरूले संविधानको मर्मअनुसार दलितलाई नीति निर्माण तहमा प्राथमिकताका साथ सहभागी गराउन सरकारसँग माग गरेका छन् । दलित समुदायको सहभागिता बिना समावेशी लोकतन्त्र सम्भव नहुने दलित नेताहरुले बताएका छन ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar