काठमाडौँ, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ भनिने पार्टीहरू सिद्धान्त र विचारविहीन रहेको आरोप लगाउँदै ती प्रधानमन्त्रीको दलालीमा लागेको टिप्पणी गरेका छन् ।
राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा सभामा उनले नयाँ पार्टीहरू रातारात जोडिनु शंकास्पद भएको बताए । उनले कति सिट जित्ने भन्ने स्पष्टता नभएको र पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको दाबी गरे ।
लिङदेनले जेनजी आन्दोलनपछि कांग्रेस, एमाले र माओवादी कमजोर भएको उल्लेख गर्दै आउँदो प्रतिनिधि सभा निर्वाचनलाई आन्दोलनको रूपमा लिन कार्यकर्तालाई आग्रह गरे ।














