काठमाडौ, १६ पुष । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश निर्वाचनमय भएको दाबी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूको सक्रियता र कार्यक्रममा बढ्दो सहभागिताले निर्वाचनको माहोल बनेको बताएका छन् ।
उनले अन्तरिम सरकारको मुख्य म्याण्डेट फागुन २१ मा निर्वाचन गराउनु रहेको र अब निर्वाचनको विषयमा अन्यौलता नरहेको स्पष्ट पारे । साथै, पछिल्लो २० वर्षमै सबैभन्दा धेरै भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको दाबी पनि गरे ।














