काठमाडौँ, १६ पुस । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर मौसम परिवर्तन भएको छ ।
आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।














