ओखलढुंगा, १६ पुस । ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक दम्पतीको हत्या भएको छ ।६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगर मंगलबार राति आफ्नै घरमा मृत फेला परेका हुन् ।
छिमेकीले बिहान खोजतलास गर्दा घटना थाहा भएको हो ।प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाको छानबिन तीव्र पारेको छ र केही शंकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ, तर हालसम्म पक्राउ परेका छैनन् ।














