काठमाडौं, १६ पुस । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउन ढिलाइ भएको भन्दै भाषा परीक्षा पास गरी रोस्टरमा रहेका युवाले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
दुई वर्ष बितिसक्दा पनि कोरिया जान नपाएको र सरकार–आन्दोलनरत युवाबीच दुई महिनाअघि भएको सहमति कार्यान्वयन नभएको आरोप उनीहरूको छ ।
कार्यालय परिसरमा २ सयभन्दा बढी युवाले नाराबाजी गरेका छन् ।














