काठमाडौं, १६ पुस । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता घोषणा गरिएको छ ।
यसअघि ९ पुसमा दुवै नेताले एकता सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एकता घोषणा गरिएको हो ।
राप्रपाको ०७८ मंसिरमा भएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले ०७८ माघ २५ गते पार्टी छाडेका थिए । त्यसपछि उनले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठन गरेका थिए ।














