काठमाडौं, १५ पुस । नेपालमा जापानी इन्सेफ्लाइटिस गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२५ मा मात्र १७९ जना संक्रमित हुँदा ३५ जनाको मृत्यु भएको छ, जुन उच्च मृत्युदर हो। सबैभन्दा बढी मृत्यु लुम्बिनी प्रदेशमा भएको छ ।
लामखुट्टेबाट सर्ने यो रोगको विशेष उपचार नभएकाले खोप लगाउनु र लामखुट्टेको टोकाइबाट जोगिनु नै प्रमुख बचाउका उपाय हुन् ।
खोप छुटेकाहरूमा संक्रमण र मृत्यु बढी देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।














