काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशन अर्थपूर्ण र सामयिक भएको बताएका छन् ।
उनले महाधिवेशनले पार्टीको लोकप्रियता र जनअनुमोदित नेतृत्व प्रमाणित गरेको दाबी गर्दै अबको निर्णायक फैसला निर्वाचनबाट हुने बताए ।
ओलीले विभिन्न साना दल र समूहबीचको एकतालाई “दुब्लाहरूको मोर्चाबन्दी” भन्दै बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही नहुने टिप्पणी गरे । लोकतन्त्र अन्ततः ठूला जनआधारित दलकै पक्षमा जाने उनको भनाइ थियो ।














