काठमाडौं , १५ पुस । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा केही व्यक्तिहरूले देशै कब्जा गरिसक्यौं जस्तो भ्रम फैलाइरहेको टिप्पणी गरेका छन् ।
उनले विचार, इतिहास र बलिदानविहीन समूहले होहल्ला मच्चाएर त्याग र संघर्षबाट आएको राजनीतिक शक्तिलाई बदनाम गर्न खोजेको बताए ।
साथै, सूचना प्रविधि र एआईको प्रयोगमा सचेत हुनुपर्ने उल्लेख गर्दै यसको प्रभाव प्रतिक्रियावादी शक्तिको नियन्त्रणमा रहेको दाबी गरे ।














