काठमाडौं, १४ पुस । उज्यालो नेपाल पार्टीसँग एकता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा तीन उपसभापति रहने सहमति भएको छ ।
सातबुँदे सहमतिअनुसार रास्वपाको सभापतिमा रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन् ।
तीमध्ये उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ पहिलो वरियतामा रहने उल्लेख गरिएको छ । सम्झौतामा रवि लामिछाने र अनुपकुमार उपाध्यायले बालेन्द्र शाहको साक्षीमा हस्ताक्षर गरेका छन् ।














