काठमाडौं, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
जेजनी अगुवा तथा हामी नेपालका संयोजक सुदन गुरुङका अनुसार तीनै जनाबीच सहमति भइसकेको र छिट्टै औपचारिक सम्झौतापत्र सार्वजनिक गरिनेछ ।
सहमतिअनुसार कुलमान घिसिङ रास्वपाबाट निर्वाचन लड्ने तयारीमा रहेका छन् ।














