KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एम्बुलेन्सले गाँजा तस्करीको क्रममा हवाई फायर, दुई पक्राउ

एम्बुलेन्सले गाँजा तस्करीको क्रममा हवाई फायर, दुई पक्राउ

काठमाडौं, १४ पोष । मोरङमा गाँजा ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले आइतबार राति पुनः हवाई फायर गरेका छन् ।

आइतबार राति केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याइएको गाँजा नियन्त्रणमा लिएको हो । यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोकिन खोज्दा चालक र एक जना यात्रु भाग्न थालेका थिए । त्यसपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।

भाग्ने प्रयास गर्ने व्यक्ति धनकुटाको सहिदभूमि गाउँपालिका–६ निवासी ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेको प्रहरीले बताए । दुवैलाई केही समयपछि नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्सभित्र करिब ४८० किलो गाँजा बरामद गरिएको छ ।

यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले गाँजा तस्करीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको थियो । उक्त घटनामा ३३० किलो गाँजासहित २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान नामका दुई भारतीय नागरिक पक्राउ परेका थिए । प्रहरीले गाँजा तस्करीविरुद्ध कडाइका साथ निगरानी र कारबाही जारी राखेको जनाए ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar