काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको सहमति भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाह पक्षले समानुपातिकतर्फका उम्मेदवारहरूको करिब ७० जनाको प्रारम्भिक सूची तयार गरेको छ ।
निर्वाचन आयोगले ११० जनाको सूची बुझाउने समयसीमा दिएसँगै दुवै पक्ष आ–आफ्नो सूची लिएर छलफलमा जुटेका हुन् ।
अन्तिम सूची भने रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले योग्यता, क्षमता र समावेशी क्लस्टरका आधारमा टुंग्याउने सहमति भएको छ ।
बालेन पक्षले अन्तिम सूचीमा ४०–५५ जनासम्म आफ्नो पक्षका पर्ने विश्वास व्यक्त गरेको छ ।














