काठमाडौं, १३ पुस । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कार्यकाल बाँकी रहँदै स्वेच्छिक राजीनामा दिएकी छन् ।
सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म रहने अभ्यास भए पनि उनले पहिले नै पद त्यागेकी हुन् ।
यसैबीच सभामुख देवराज घिमिरे भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको अघिल्लो दिन अर्थात् माघ ५ गतेबाट बिदा हुने तयारीमा छन् ।
सङ्घीय संसद् सचिवालयले अघिल्ला निर्वाचनको अभ्यास र संविधानअनुसार सो व्यवस्था कायम रहेको जनाएको छ ।














