काठमाडौं, १३ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताका लागि तयारी तीव्र बनेको छ ।
दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भइसकेको र आइतबार शीर्ष नेताहरूको उपस्थितिमा निर्णायक छलफल हुने बताइएको छ ।
यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विकल्प विचार गरे पनि अन्ततः त्यसतर्फ नजाने निर्णय गरेको थियो ।
दुवै पक्षले निरन्तर संवादमार्फत पार्टी एकतामा पुग्ने लक्ष्य राखेको बताएका छन् ।














