काठमाडौं, १३ पुस । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गरेको छ ।
आयोगका अनुसार आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा आउनेछ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको यस आचारसंहितामा सरोकारवालाबाट आएका सुझाव समेटिएको छ ।
यसपटक आचारसंहिताको दायरा फराकिलो बनाइँदै सचेतनाभन्दा कारबाहीमुखी मोडल अपनाइएको आयोगले जनाएको छ ।














