KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सैन्य शासनपछि चार वर्षमा म्यानमारमा पहिलो आम निर्वाचन

सैन्य शासनपछि चार वर्षमा म्यानमारमा पहिलो आम निर्वाचन

एजेन्सी । म्यानमारमा सैन्य शासन स्थापना भएका चार वर्षपछि आज आइतवार पहिलो पटक आम निर्वाचन सुरु भएका छन् ।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको निर्वाचित सरकारलाई हटाउँदै सेनाले सत्ता कब्जा गरेपछि यो निर्वाचन आयोजना गरिएको हो । सैन्य नेतृत्वको पहलमा भइरहेको यस निर्वाचनलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा व्यापक विवाद देखिएको छ ।

देशभर रहेका ३३० निर्वाचन क्षेत्रमध्ये करिब एक तिहाइ क्षेत्रमा मात्र मतदान भइरहेको छ । जारी गृहयुद्ध र असुरक्षाका कारण ६५ निर्वाचन क्षेत्रमा मतदान पूर्ण रूपमा रद्द गरिएको छ भने करिब २० प्रतिशत नागरिक मतदान प्रक्रियाबाट बाहिरिएका छन् ।

निर्वाचनलाई लक्षित गर्दै प्रमुख सहरहरूमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । यस पटक पहिलो पटक इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगमा ल्याइएको जनाइएको छ ।

तर संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले यो चुनावलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् । आङ सान सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई विघटन गरिएकाले मतपत्रमा सेनासँग निकट रहेका दलहरूको मात्र वर्चस्व देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मतदान केन्द्रहरूमा युवाहरूको सहभागिता अत्यन्त न्यून देखिएको छ भने मुख्यतः मध्यम उमेर समूहका मतदाताहरू मात्र उपस्थित छन् । सैन्य प्रमुख मिन आङ ह्लाइङले यस निर्वाचनलाई शान्ति स्थापना र आर्थिक पुनरुत्थानतर्फको नयाँ सुरुवातको रूपमा प्रस्तुत गरे पनि म्यानमारको समाज अझै गहिरो रूपमा विभाजित देखिन्छ ।

सन् २०२१ को सैन्य कुयता जारी हिंसात्मक द्वन्द्वमा ९० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । निर्वाचनको दोस्रो चरण आगामी जनवरी ११ र २५ तारिखमा हुने बताए ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar