काठमाडौं, १२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त गरेर राजनीतिक एकता सम्भव नहुने स्पष्ट पारेका छन् ।
उनले सबै शक्तिको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढ्नु नै साँचो एकता भएको बताए । नयाँ राजनीतिक शक्तिहरूले अहंकार त्यागी साझा उद्देश्यका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ ।
मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी जनजीवनसँग जोडिएको दल भएको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास बढ्दै गएको दाबी गरे ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिँदै सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए ।














