रौतहट, १२ पुस । रौतहटको कटहरीया नगरपालिका–९ स्थित ज्योती डिस्टीलरी उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहीबार बिहान भएको विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूको वीरगञ्जमा उपचारको तयारी भइरहेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।














