काठमाडौं, ११ पुस । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापना नहुने र निर्वाचन अपरिहार्य भइसकेको बताएका छन् ।
उनले कांग्रेस-एमालेले निर्वाचन नलडी शक्ति बढाउने भ्रम फैलाएको आरोप लगाउँदै अब सबै दल निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।
निर्वाचन नहुँदा देश थप अन्योल र दुर्घटनातिर जाने खतरा रहेको उनको भनाइ छ । आगामी चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबीसमेत उनले गरे ।














