काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच पार्टी एकताका लागि आज हस्ताक्षर हुने तयारी भएको छ ।
स्रोतका अनुसार आज छलफलपछि सहमतिमा हस्ताक्षर हुने र भोलि एकता घोषणा सभा गर्ने योजना छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्ति र जेनजीलाई एकजुट गरी पुराना राजनीतिक शक्तिलाई चुनौती दिने तयारी गरिएको छ ।














