काठमाडौं, ११ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच आगामी निर्वाचनमा सहकार्यका लागि गठित कार्यदलले सम्झौताको ड्राफ्ट तयार पार्ने निर्णायक बैठक गरिरहेको छ ।
बालेन निकट स्रोतका अनुसार सम्झौतामा बालेनलाई पार्टीको दोस्रो वरीयता दिई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति हुने सम्भावना उच्च छ ।
प्राविधिक अड्चन नआए सहमति छिट्टै टुंगिने संकेत गरिएको छ ।














