काठमाडौ, १० पुस । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
बिहीबार दिनभर राजनीतिक नेताहरूसँग भेटघाटपछि साँझ उनले जेनजी प्रतिनिधिहरूसँग संवाद गरेका हुन् । छलफलमा नयाँ राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने विषयमा सुझाव आदान प्रदान गरे ।
बालेनले आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।














