काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहेको र शान्तिपूर्ण वातावरण बने चुनावको सामना गर्न तयार रहेको बताएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले हाल देशमा त्रास र असुरक्षाका कारण चुनावी वातावरण नरहेको र त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गरे ।
ओलीले एमाले चुनावविरोधी नभएको स्पष्ट गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको रक्षा गर्न युवाहरू सचेत हुनुपर्ने बताए।
साथै, गत भदौ २३–२४ का घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउने प्रयास कानुनविपरीत भएको दाबी गरे ।














