काठमाडौं, १० पुस । नख्खु कारागारबाट फरार भएका दाङका २२ वर्षीय आकाश मगर ठमेलमा साथीको हत्या अभियोगमा पक्राउ परेका छन् ।
उनी यसअघि लुटपाट, चोरी, अभद्र व्यवहार र लागुऔषधसम्बन्धी गरी ६ वटा मुद्दाका अभियुक्त रहेको खुलेको छ ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मगरले १३ असोजमा सुरज तामाङको हत्या गरेका थिए ।
रोल्पाबाट पक्राउ परेका उनलाई हाल हत्या मुद्दामा अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।














