जनकपुर, १० पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै प्रदेशस्तरीय विरोध सभा गर्ने भएको छ ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगञ्ज र १७ गते भैरहवामा विरोध सभा आयोजना गरिनेछ ।
यसअघि पार्टीले सातै प्रदेशमा प्रशिक्षण, अधिवेशन, जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा जिल्लास्तरीय विरोध कार्यक्रम सम्पन्न गरिसकेको छ ।














