जनकपुर, २८ कार्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० पटक बैठकमा अनुपस्थित भएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए ।
तर उपसभामुख बबिता कुमारी राउत ईशरले ती सांसदहरू २२ कात्तिकको विश्वासको मत सम्बन्धी बैठकमा उपस्थित भएको हाजिरी तथा भिडियो प्रमाण रहेको भन्दै सभामुखको कारबाही बदर भएको घोषणा गरेकी छन् ।
उनले सभामुखको निर्णय प्रतिशोध र आवेगमा आधारित रहेको आरोपसमेत लगाएकी छन् । 














