जनकपुर, २७ कार्तिक । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू करिब दुई घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् ।
सांसदहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न पुगेका थिए । प्रस्ताव दर्तापछि तनाव बढ्दै जाँदा सभामुख मण्डल र एमाले कार्यकर्ताबीच हातहालाहाल समेत भएको थियो ।
सांसदहरूले सभामुख मण्डल र उनका कार्यकर्ताले आफूहरूलाई थुनिएको र हातपात गरिएको आरोप लगाएका छन् भने सभामुख मण्डलले आरोप अस्वीकार गर्दै सांसदहरू आफैं स्वेच्छाले कार्यकक्षमा बसेको दाबी गरेका छन् ।














