काठमाडौं, २६ कात्तिक । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएका छन् ।
कवीरको अध्यक्षतामा गठन गरिएको यो पार्टीको चुनाव चिन्ह ‘जाँतो’ तोकिएको छ । पार्टीले गत १३ कात्तिकमा दल दर्ताका लागि निवेदन दिएको थियो, जसलाई आयोगले स्वीकृत गर्दै दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
यससँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलहरूको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, र सीके राउतको जनमत पार्टीबाट विभाजित जनस्वराज पार्टी दर्ता भइसकेका थिए ।
निर्वाचन आयोगका अनुसार हालसम्म देशभर १२६ राजनीतिक दल दर्ता भएका छन्, भने २९ दलले नयाँ दर्ताका लागि निवेदन दिएका छन् ।














