जनकपुर, २६ कात्तिक । मधेस भवनको मुख्य गेट अगाडि बुधबार बिहानदेखि सातदलीय गठबन्धनका सांसद र कार्यकर्ताले विरोध प्रदर्शन सुरु गरेका छन् ।
उनीहरूले मुख्यमन्त्रीको “असंवैधानिक नियुक्ति” र प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विरोध गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “मुख्यमन्त्री नियुक्ति खारेज गर” र “संविधान मिच्न पाइदैन” जस्ता नाराहरू लगाइरहेका छन् ।














