काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली मुद्रा (नोट)मा नेपाल संवत उल्लेख हुने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
समारोहमा बोल्दै उनले नेपाल राष्ट्र बैंकसँग परामर्श गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएकी दिइन् । प्रधानमन्त्री कार्कीका अनुसार, नेपाल संवत यद्यपि कान्तिपुर (काठमाडौं) र भादगाउँ (भक्तपुर) क्षेत्रमा उत्पत्ति भए पनि यसको मूल आधार समग्र नेपाली समाजमा गहिरो सांस्कृतिक र ऐतिहासिक महत्व राख्दछ ।
उनले नेपाल संवतलाई “राष्ट्रकै मौलिक संवत“ को रूपमा चिनाउँदै यसको औपचारिक मान्यता आवश्यक रहेको बताइन् । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः लाई स्मरण गर्दै उनले भने, “उहाँ कुशल व्यापारी त हुनुहुन्थ्यो, तर नाफा कमाउन होइन, समाजको हितका लागि समर्पित हुनुहुन्थ्यो ।”














