काठमाडौं, ५ कात्तिक । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निजी निवासको अवलोकन गरेका छन् ।
गत २४ भदौमा जेनजी प्रदर्शनकारीहरूले तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको घरमा आगजनी र तोडफोड गरेका थिए । आगजनीपछि उक्त घरमा पहिलोपटक पुगेर ओलीले अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।
अहिले जेनजी आन्दोलपछि सत्ताच्यूत भएका ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।














