जनकपुर, ३ कार्तिक । दिपावली तथा छठ पर्वको पावन अवसरमा तत्मा बौद्धिक समाज धनुषाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेको छ ।
हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व मानिने दिपावली (तिहार) तथा छठ पर्व शान्ति, समृद्धि, आपसी सद्भाव र धार्मिक आस्थाको प्रतीकको रूपमा मनाइन्छ ।
समाजले एक विज्ञप्ति जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण समुदाय, ब्रतालु तथा श्रद्धालु भक्तजनहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ ।
यस पर्वले सामाजिक एकता, सांस्कृतिक पहिचान तथा धार्मिक सहिष्णुताको सन्देश फैलाउने विश्वास समाजले व्यक्त गरेको छ । शुभकामना सन्देशमा भनिएको छ, “दिपावलीले अन्धकारमाथि उज्यालोको विजय तथा छठले प्रकृतिप्रतिको आस्था र आभार प्रकट गर्ने पर्वका रूपमा हामी सबैलाई सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौं ।
पछिल्ला वर्षहरूमा छठ पर्वको महत्त्व झनै बढ्दै गएको सन्दर्भमा समाजले यस पर्वलाई स्वच्छ वातावरणमा, धार्मिक मर्यादाअनुसार मनाउन समेत आग्रह गरेको छ ।














