काठमाडौं, १८ भदौ । काठमाडौंको गोंगबुमा ४ करोड २५ लाख ५० हजार रुपैयाँ र ९ किलो भन्दा बढीसुनसहित समातिएका विनोदकुमार श्रेष्ठको छोराको अफिसमा पनि प्रहरीले छापा मारेको छ ।
विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो ।
सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले ९० हजार ५ सय नगद फेला पारेको छ ।














