काठमाडौं, १८ भदौं । आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक(आईजीपी) दीपक थापा र अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाई गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिउँसो २ बजेदेखि विदाइको कार्यक्रम राखेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए । विदाइ कार्यक्रमपछि तीनैजनालाई प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पु¥याउने तयारी गरिएको छ ।
उनीहरूलाई भावि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विदाइ गर्ने कार्यक्रम रहेको छ । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन ।
अवकासमा जाने थापाले आईजीपी गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए । नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी विदा भएका हुन् ।
दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो । उनीहरू तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए ।














