KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधानको समावेशी मर्मलाई सुनिश्चित गर्दै संशोधन आवश्यक : विज्ञहरू

संविधानको समावेशी मर्मलाई सुनिश्चित गर्दै संशोधन आवश्यक : विज्ञहरू

जनकपुर, १५ भदौ । संविधान जारी भएको दस वर्ष पूरा भइसकेको सन्दर्भमा, संविधानको मूल भावना जोगाउँदै आवश्यक संशोधनको माग देशका विभिन्न तहमा उठ्न थालेको छ ।

नेशनल लेजिस्लेटिभ एकेडमी काठमाडौंको आयोजनामा जनकपुरमा संविधान कार्यान्वयनका दश वर्षको समीक्षा : उपलब्धि,समस्यातथा चुनौती र सुझाव विषयक अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनको आवश्यकता र यसको कार्यान्वयनसम्बन्धी विविध पक्षहरूबारे गम्भीर छलफल गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका महत्वपूर्ण विषय समेटे पनि व्यवहारिक कार्यान्वयनमा अझै कमजोरी रहेको बताउँदै आएका छन् । उनीहरूले संविधान संशोधनलाई आवेगको विषय नभइ विवेकपूर्ण र मूल भावनालाई अक्षुण्ण राख्ने गरी अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रहरी समायोजन आजसम्म नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनको गति सुस्त रहेको टिप्पणी गरे । उनले सागरनाथ वन परियोजना जोगाउन प्रदेश सरकारले दायर गरेको रिटको निर्णय अझै आउन नसकेको र त्यसका कारण तस्करी बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।नेपाली काँग्रेसका नेता रामसरोज यादवले सङ्घीयताको प्रभाव गाउँघरमा देखिए पनि संविधानका मूल मर्मलाई व्यवहारमा उतार्न अझै कठिनाई रहेको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले संविधान कार्यान्वयन गर्ने निकायहरू नै इमानदार हुन नसकेको गुनासो गर्नुभयो । संविधानको सफल कार्यान्वयनका लागि राजनीतिक नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरेको भए पनि अधिकारको उचित वितरण अझै हुन नसकेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक रत्नेश्वरलाल गाइत, बेची, लुङ्गेलीले संविधान कार्यान्वयनमा नेतृत्व तहबाट इमानदार प्रयासको आवश्यकता औंल्याउनुभयो ।

गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष जवाहरलाल यादवले संघीयता संविधानको विशेषता भए पनि स्थानीय तहमा राजनीतिक हस्तक्षेप बढ्दै गएको र यसलाई दलविहीन बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । योजना आयोगका पूर्व सदस्य डा. सुरेन्द्र लाभले निर्वाचन प्रणालीको सुधारका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा दलहरूबीच सैद्धान्तिक सहमति बन्न थालेको धारणा राख्नुभयो । कार्यक्रममा सङ्घीय सांसद खिमलाल देवकोटा, एकेडेमीका पूर्व सभापति परशुराम मेघी गुरुङ , सदस्य कृष्णप्रसाद सापकोटा, अधिवक्ता रेखा झा, तथा नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादवले पनि आ–आफ्नो धारणा राख्दै संविधान संशोधन सन्तुलित र आवश्यक भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता परशुराम मेघी गुरुङले गर्नुभएको थियो । उहाँले संविधानमा समय सापेक्ष परिमार्जन आवश्यक भए पनि यसले संविधानको आत्मालाई क्षति पुर्याउनु हुँदैन भन्ने निष्कर्ष दिनुभयो ।

Facebook Comment

Related Posts

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar