काठमाडौं, ८ भदौ । वीरगञ्जमा फैलिएको हैजाको प्रकोपले गृहमन्त्री रमेश लेखकले नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थियो । साथै बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको प्रवक्ता काफ्लेले जनाए ।












