काठमाडौं, २७ असार । साफ यु–२० महिला च्याम्पियनसिप शुक्रवार देखि बंगलादेशमा सुरु भएका छन् ।
नेपाल यु–२० महिला टोली उमेर समूहमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रेको छ । नेपालले आज पहिलो खेल भुटानसँग साँझ ७ बजे भिड्नेछ । त्यसअघि आज बेलुका ३ बजे बंगलादेश र श्रीलंका आमने सामने भिड्दै छ । बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी भएका छन् ।
जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का रहेको छ । नेपाली महिला फुटबलले साफ यु–१५ को उपाधि जितेको छ । यद्यपि साफ यु–१९ र यु–२० मा च्याम्पियन हुन सकेको छैन । यामप्रसाद गुरुङको प्रशिक्षकत्वमा नेपाली टोलीले बङ्गलादेशमा च्याम्पियन बन्ने लक्ष्यसहित राम्रो तयारी गरेको छ । नेपालले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरेको मुख्य प्रशिक्षक गुरुले जनाएको छ ।
टोलीले एकलभन्दा समूहगत प्रयासलाई ध्यान दिएर प्रशिक्षण गरिरहेको गुरुङको भनाइ छ । उनले नयाँ खेलाडीमा मीना देउवा र डिफेन्डरमा अनिशा राईले राम्रो गर्ने विश्वास व्यक्त गरीएको छ । यस पटक डबल राउन्ड रोबिनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइने छ । हरेक टोलीले अर्को टोलीसँग दुई दुई खेल खेल्ने छन् र अन्तिममा धेरै अङ्क जोड्ने टोली च्याम्पियन हुनेछ ।
च्याम्पियनसिपमा नेपालको पहिलो खेल जुलाई १३ मा बङ्गलादेशसँग, दोस्रो खेल जुलाई १५ मा श्रीलङ्कासँग हुने छ । यसै गरी जुलाई १७ मा श्रीलंकासँग नै नेपालले खेल्नेछ । यसैगरी १९ जुलाईमा भुटान र जुलाई २१ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।
यस प्रतियोगितालाई अगस्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोटको तयारीका रूपमा समेत हेरिएको छ। एसियन कप छनोटमा नेपाल बलियो टोली उत्तर कोरियासहित समूह ‘ए’ मा छ। यस समूहमा आयोजक भुटान, मङ्गोलिया र साउदी अरब पनि छन्।
नेपाली महिला यु–२० मा बिर्सना चौधरीलाई कप्तान नियुक्त गरिएको छ। अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिmया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन् ।














