KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सघीय सरकारको एक दिनमा पौने २२ अर्बको भुक्तानी

सघीय सरकारको एक दिनमा पौने २२ अर्बको भुक्तानी

काठमाडौँ, २६ असार । सघीय सरकारको खातालाई रोक्का हुने अन्तिम दिन असार २५ गते रहेका सरकारले बजेट प्रणालीबाट करिब २२ अर्ब रुपैयाँ खर्च पाएका छन् ।

चालु आर्थिक वर्ष २०८१÷८२ को लागि विनियोजन बजेटमध्ये २५ असारमा एकै दिन २१ अर्ब ७३ करोड रुपैयाँ सरकारले खर्च भएको हो । सरकारले चालु आर्थिक वर्षको विकास निर्माणका लागि विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँको बजेटमा असार २५ गते एकै दिनमा पौन २२ अर्ब रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएका छन् ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असार २५ सम्ममा कुल पुँजीगत बजेटमध्ये २ खर्ब ८ अर्ब ३४ करोड ३७ हजार रुपैयाँ रुपैयाँ खर्च भएको छ । त्यसरी सरकारले चालु वर्षको गरेको यस्तो खर्च कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन थियो ।

महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिनु पर्ने भएकाले अहिलेसम्मको धेरै खर्च गरेको देखिएको छ । सरकारले २०८०÷८१ अर्थात गत वर्ष असार २५ मा यस्तो खर्च १४ अर्ब ४० करोड रुपैयाँ गरेको थियो । त्यस्तै, २०८० असार २४ गते एकै दिन १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो ।

अघिल्ला आर्थिक वर्षको अन्तिम दिन असार २५ गते एकै दिन भएको पुँजीगत खर्च अहिलेसम्मकै धेरै हो । सरकारले चालु आर्थिक वर्षको असार २५ गतेसम्म १५ खर्ब ५ अर्ब १९ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ ।

चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य सरकारले राखेको थियो । तर यसरी हेर्दा चालु आवको असार २५ गतेसम्म आम्दानी र खर्च अनुसार सरकारको बजेट घाटा ३ खर्ब ७४ अर्ब रुपैयाँ रुपैयाँ देखिएको छ । बुधवारसम्म सरकारले ८०.९१ प्रतिशत सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो ।

योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो । यसमध्ये चालुतर्फ ९ खर्ब ७८ अर्ब ९४ करोड, पुँजीगततर्फ २ खर्ब ८ अर्ब ३४ करोड ३७ हजार रुपैयाँ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १७ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो क्रमशः ८५.८२ प्रतिशत, ५९.१३ प्रतिशत र ८६.५६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षमा सरकारले खर्च गर्न पाउने रकम बुधवार देखि नै बन्द भएको छ । बुधवार रातिदेखि नै सबै सरकारी खाताहरू एक हप्ताका लागि रोक्का भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता आर्थिक वर्ष सकिने एक साता अगाडि रोक्का हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार आज रातिदेखि अत्यावश्यक बाहेकका सरकारी भुक्तानी नहुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको २५ असारसम्ममा १० खर्ब ९७ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्व उठाउने लक्ष्य लिएको थियो ।

कर राजस्वतर्फ ९ खर्ब ९३ अर्ब ८८ करोड र गैर कर राजस्वतर्फ १ खर्ब ३ करोड ८४ लाख रुपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । यो तथ्याङ्कले सुरु लक्ष्यका आधारमा असार मध्यसम्म क्रमशः ७७.३९ प्रतिशत र ७६.८७ प्रतिशत मात्रै छ ।

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar