काठमाडौँ, २५ असार । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री लेखकले विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संकट परेका बेला पनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको बताएका छन् ।
नेपाल–चीन सीमा त्यस्तै उनले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको जानकारी दिए ।














