काठमाडौं, २५ असार । काठमाडौं थापाथलीमा रहेको पुलमा एक जनाको शव फेला परेका छन् ।
नजिको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान चलिरहेको छ ।














