काठमाडौं, २२ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बिहीबार ३० मिनेट भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिनुभएको छ । भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको उनले भने । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् ।














